adv

शरणार्थी प्रकरणमा शरणार्थी नेता नै पक्राउ !

४ जेठ, काठमाडौँ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार भुटानी शरणार्थीकै नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।

प्रहरी नियन्त्रणमा पुगेका रिजाललाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

मोटो रकम लिएर नेपाली नागरिकहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मानव बेचबिखन धन्दामा रिजालको समेतसंलग्नता देखिएको प्रहरीको आरोप छ ।

नक्कली शरणार्थी प्रकरणमा हालसम्म पूर्व उपप्रधानमन्त्री, पूर्व मन्त्री,  सचिव, सभासद र पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार सहितमानिस हिरासतमा छन्  । पक्राउ पर्नेमा रिजाल १६ औँ व्यक्ति हुन् ।

यसैबीच बिहीबार नै प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि समातेको थियो ।

अदालतले मियाँलाई समेत २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु