adv

प्रधानमन्त्री दाहाल जेठ तेस्रो साता भारत भ्रमण जाने

५ जेठ, दमक ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ तेस्रो साता छिमेकी मुलुक भारत भ्रमणजाने तय भएको खबर छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारको तर्फबाट बजेट प्रस्तुतगरेपछि प्रधानमन्त्री दाहाल भारत भ्रमण जाने तय भएको हो ।

दाहालका प्रेस सल्लाहकार गोबिन्द आचार्यले दिएको जानकारी अनुसार दुवैदेशका उच्च अधिकारीहरुबीच छलफल गरी जेठ १५ पछि भ्रमणको मिति तयहुनेछ ।

भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी थालिसकेकोबताइएको छ ।

बिहीबारको संसद बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीदाहालले ‘एक इन्च भूमि पनि विदेशीलाई नछोड्ने र विदेशीको एक इन्च भूमि पनिनलिने‘ नीति अनुरूप भारतीय पक्षसँग वार्ता हुने आश्वास्त पारेका थिए ।

नेपाल भारत खुला सीमाना, सांस्कृतिक एवम् बहुआयामिक सम्बन्धका कारणआफ्नो पहिलो रोजाई भारत भ्रमण हुन गएको दाहालको कथन छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु