५ जेठ, दमक ।
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
आज शुक्रबार अपरान्ह ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिरामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।
जेठ १५ गते सरकारले वार्षिक बजेट प्रस्तुत गर्नु भन्दा पहिले मुलुककोराष्ट्राध्यक्षबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन वृद्धि र रोजगारी सिर्जना हुनेकिसिमका कार्यक्रम ल्याइने बताउँदै आएका छन् ।
त्यस्तै संघीयताको सवलीकरण, सुशासन र पारदर्शीता, दिगो विकास लक्ष्यप्राप्ति जस्ता विषय प्राथमिकतामा राखिएको सरकारी दावी छ ।


