५ जेठ, बिर्तामोड ।

नागरिक उन्मुक्ति पार्टी (एकीकृत) का नेता तथा कार्यकर्ताले प्रदेशको नाम कोशी खारेजी तथा पार्टीका नेता रेशम चौधरी सहितपार्टीका नेता कार्यकर्ता रिहाईको माग गर्दै शुक्रबार बिर्तामोडमा विरोध प्रर्दशन गरेका छन् ।
उनीहरुले रेशम चौधरीलाई विना सर्त रिहाई गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने, निर्दोष ठहर भएका थारुनेताहरुलाई क्षतिपूर्ति दिनुपर्ने, कैलाली टिकापुरको घटनालाई राजनीतिक रूपले सम्बोधन गरिनु पर्ने लगायतका माग राख्दै मुक्तिचोकमा विरोध सहितको कोण सभा गरेका थिए ।
त्यस्तै उनीहरुले पार्टीका युवा नेता पूर्ण सुहाङलाई तुरुन्त रिहाई गरिनु पर्ने माग गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का केन्द्रीय सदस्य तथा कोशी प्रदेश खारेज संघर्ष समितिका संयोजक धनवहादुर पन्धाक सुब्बा, पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङ्ग, केन्द्रीय सदस्य दिनेशचन्द्र राजवंशीलगायतले सम्वोधन गर्दै कोशी प्रदेश खारेजी तथालाल आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगरे आफूहरु आन्दोलन गर्न विवश हुने बताएका थिए ।
कार्यक्रमको सञ्चालन पार्टीका महासचिव दिलकुमार लावतीले गरेका थिए ।

