adv

एम्बुलेन्स चालक संघ झापाको अध्यक्षमा चेतन

७ बैशाख,झापा । एम्बुलेन्स चालक संघ झापाको अध्यक्षमा चेतन खड्का चयन भएका छन् । सुरुङगामा शनिबार सम्पन्न पाचौं साधारण सभाले खड्काको अध्यतामा ११ नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा दिप ताजपुरिया, सचिवमा दुर्गा प्रसाद न्यौपाने र कोषाध्यक्षमा हरि खड्का चयन भएका छन् ।

यस्तै, समितिको सदस्यहरुमा यादव बराल,रबिन खड्का,दुर्गा खरेल,दिलिप थापा र शॅकर कार्की र मनोज भट्टराईलाई चयन गरिएको छ ।

राजेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा झापाका एकमात्र महिला एम्बुलेन्स चालक लिला बस्ताकोटी र आबिष्कार केन्द्रलाई सम्मान गरिएको । कार्यसमितिका सदस्य स्व महेन्द्र गौतमलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो भने चालक बल बहादुर दनुवारलाई कोरोना बिमा अन्तर्गतको एक लाखको चेक हस्तान्तरण प्रदान गरियो ।

कार्यक्रममा केन्द्रिय महासचिब मुक्ति काफ्लेले अब देश भरिका एम्बुलेन्स चालक एक भएर आफ्नो हक र अधिकारका लागि लड्नुपर्ने बेला आएको भन्दै सबैलाई संगठित हुन आग्रह गरे ।

संघका केन्द्रिय अध्यक्ष नवराज लामिछानेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी भुमिका लिम्बू फियाकले ड गरेका थिए भने उपाध्यक्ष पारसमणि राईले स्वागत गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु