adv

साथीभाइ समूहलाई सूर्य दर्शनको फूलसहितको गमला र डस्टबिन

८ जेठ, दमक ।


सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमकले सोमबार सरसफाईसँगै साथीभाइ समूह दमकलाई फूल सहितको गमला, डस्टबिन हस्तान्तरण गरेको छ ।

सूर्यदर्शनले आफनो १४ औँ स्थापना दिवसको अवसरमा दमकको पूर्व वस पार्क क्षेत्रको सरसफाई र साथीभाइ समूहलाई ३०÷३० थान फूल सहितको गमला र डस्टबिन हस्तान्तरण गरेको हो ।

सो कार्यक्रमका प्रमुख अतिथि दमक नगर पालिकाको नगर प्रमुख राम थापाले साथी भाइ समूहलाई ती सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख थापा, दमक ६ का वडा अध्यक्ष टेकबहादुर थापा, दमक ७ का वडा अध्यक्ष भीम पौडेल, साथी भाइ समूहका सदस्य कमल कटुवाल लगायतले दमक नगरलाई स्वच्छ र हरियाली राख्न सबैले सरसफाईमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष टिकाराज सापकोटाले सूर्यदशनले दमकसहित आसपासका क्षेत्रमा सामाजिक सेवासँगै वित्तीय कारोवार गरेर धेरैलाई रोजगार दिएको बताए । भविष्यमा पनि सामाजिक कामलाई निरन्तरता दिँदै वित्तीय सेवामा वृद्धिको प्रयास गर्ने उनको भनाइ थियो ।

सूर्यदर्शनले आफनो स्थापना दिवसमा साताब्यापी विभिन्न कार्यक्रम गर्दै आइरहेको ब्यवस्थापक अरुण भण्डारीले जानकारी दिए ।

संस्थाले आयोजना गरेको शेयर सदस्यहरु बीचको ब्याडमिन्टन प्रतियोगितामा मेची मदिरा ब्यवसायी संघ प्रथम, अटो मोवाइल ब्यवसायी संघ दोस्रो र कपडा ब्यवसायी संघ दमक तेस्रो भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु