adv

श्रीच्छा प्रधान भइन् मिस नेपाल २०२३

१३ जेठ, काठमाडौं ।


मिस नेपाल वल्र्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले हात पारेकी छिन् ।

गोदावरीस्थित सनराइज सम्मेलन हलमा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डिएचआईको सहविधामा समेत आफूलाई अब्बल स्थापित गर्दै उपाधि जितेकी हुन् ।

मिस नेपाल वल्र्ड २०२२ प्रियंकारानी जोशीले प्रधानलाई मिस नेपाल वल्र्ड २०२३ का ताज पहिराएर स्वागत गरिन् ।

प्रतियोगितामा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि हात पारे । फिनालेमा १२ सहविधाका विजेतासमेत घोषणा गरिएको थियो ।

जसमा मिस पपुलर च्वाइस प्रसिद्धी शाह, मिस फिटनेस क्विन र मिस इन्टलेक्चुअल ऐश्वर्या श्रेष्ठ, मिस ग्ल्यामर ग्रिष्मा अधिकारी, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, वुमन विथ द विंग्स उन्नति गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्युटी विथ द पर्पस आयुष्मा बराल घोषित भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु