adv

जसपाले कार्की नेतृत्वको प्रदेश सरकार छोड्ने

कमन देवान

१४ जेठ, दमक

जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेशसरकार छोड्ने भएको

पहिचानको आधारमा प्रदेश नम्बर को पुन: नामाकरण हुनुपर्ने माग सहित आन्दोलन चर्किँदै गएको बेला जसपाले कार्की नेतृत्वको सरकार छाड्न लागेकोहो

जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् प्रदेश इन्चार्ज रकम चेम्जोङले प्रदेश सरकार छोड्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएकाहुन्

कार्की नेतृत्वको सरकार टिकिरहनुमा माओवादी केन्द्रको स्पष्ट धारणा नबन्नु नै कारक रहेको पूर्वमन्त्री चेम्जोङले जिकिर गरे उनले भने -‘सरकार परिवर्तनको प्रयास भैरहेका छन् त्यसमा कांग्रेस तयार , हामी तयार छौं  माओवादीमा अड्किएको  । दुई चार दिनाभित्रमा जवाफ आउला ।’

जसपाले प्रदेशमा जारी आन्दोलन बारे हिजो राजधानीमा आयोजित एक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चेम्जोङले आन्दोलनले गतिलिएको समयमा पार्टीले सरकार छोडेर  आन्दोलनलाई नेतित्व गर्नुपर्ने विचार राखेका हुन्

जसपाले पहिचानको आन्दोलन नेतृत्व गरेर निष्कर्षमा पुर्याउनु पर्ने उनको भनाइ थियो 

जसपाबाट प्रदेश सभामा समानुपातिकतर्फ निर्मला लिम्बू सदस्य छिन्। लिम्बू हाल कार्की नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री हुन्

संसदीय गणित अनुसार माओवादी केन्द्रले सरकार नछोडेसम्म जसपाकै कारण कार्की नेतृत्वको सरकार अप्ठ्यारोमा पर्दैन । तर, माओवादीले सरकार छाडेको अवस्थामा भने सरकार टिकाउने वा गिराउने चाबी जसपाको हातमा रहन्छ ।

यस अघि नै जसपा प्रदेश समितिका अध्यक्ष दिपक याक्खाले आज आइतबारबाट बिराटनगरमा सुरु हुने शान्तिपूर्ण विरोध प्रदर्शनमा मातहतका सबै पार्टी समिति, जनवर्गीय संगठन नेता कार्यकर्तालाई पार्टीको झण्डा, ब्यानरसहित अनिवार्य सहभागी हुन निर्देशन दिएका छन्

जसपाभित्र प्रदेश सरकार तत्काल छोड्नुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको । 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु