१४ जेठ, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
बैठकमा बजेटको विषय र प्रधानमन्त्री दाहालको भारत भ्रमण तयारी र भ्रमणका क्रममा नेपालको तर्फबाट प्रस्तुत गरिने एजेण्डाबारे छलफल हुन लागेको हो ।
मन्त्रिपरिषद् बैठकपछि दाहालले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री लगायतसँग र कूटनीतिज्ञहरूसँग आवश्यक परामर्श गर्ने बताइएको छ ।
सोमबार अपराह्न ४ बजे सरकारले आ. व. २०८०/८१ को बजेट प्रस्तुत गर्ने कार्यतालिका छ ।
त्यसलगत्तै बुधबार (जेठ १७ गते)देखि नै प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधि मण्डलसहित भारत भ्रमणमा जाने कार्यक्रम छ ।

