adv

फाकफोकथुम गाउँपालिका लुम्देमा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सुरू

१५ जेठ,फाकफोकथुम इलामको फाकफोकथुम गाउँपालिका स्थित लुम्देमा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिम सोमबार सुरुभएको

फाकफोकथुम गाउँपालिका वडा नः को आर्थिक सहयोगमा महिला छाता संगठन फाकफोकथुमको आयोजनामा दिवसीय तालिमसुरु भएको हो


तालिममा
 वडाका २० जना महिलाहरूको सहभागिता रहेको जेठ १९ गतेसम्म संचालन हुने  तालिमकासहभागीहरुलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ झापाका अध्यक्ष तथा संचारकर्मी भूमिका लिम्बू फियाकले सहजीकरण गर्नेछिन् 

तालिमको उद्घाटन फाकफोकथुम गाउँपालिका वडा : का अध्यक्ष सिद्दमान आलेले (सुदिप) गरे

कार्यक्रममा आफ्ना भनाइहरू राख्दै अध्यक्ष आलेले तालिमबाट महिलालाई आफ्ना कुरा निर्धक्कका साथ राख्न सक्ने क्षमताको विकासगर्दै तालिममा सिकाईएका कुराहरू व्यवहारमा लागु गर्नका लागि शुभकामना दिए


कार्यक्रममा
वडासदस्य टेकप्रसाद मुखिया,शिक्षक दिपक घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए

महिला छाता संगठनकी अध्यक्ष बबिता खनाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष लालुमाया बानियाले गरेकी थिइन् भने सन्चालन यशोदा न्यौपानेले गरेकी थिइन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु