adv

भेटी दान अनियमितता छानबिन गर्न एक्सनमा रोङ गाउँपालिका

कारबाही होस् – राजनीतिक दलहरु

कडा कदम चाल्छौं : अध्यक्ष स्याङ्बो

कमन देवान

२५ जेठ, दमक ।

इलामस्थित रोङ गाउँपालिका वडा नम्बर मा रहेको पाथीभरा मन्दिरमा संकलित दान भेटीमा  भएको अनियमितता बारे कडा कदमचालिने पालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले प्रतिवद्धता गरेका छन्

मंगलबार पालिकास्थित विभिन्न राजनीतिक दलहरुले संयुक्त बुझाएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष स्याङ्बोले मन्दिरको दान भेटीमादेखिएको अनियमितता बारे कडाईका साथ कदम चाल्ने बताएका हुन्    

राष्ट्रिय स्वतन्त्र पार्टीको अगुवाईमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलहरुलेपाथीभरा मन्दिरको दान भेटी अनियमितता गर्नेहरुमाथि पलिकाले आवश्यक छानबिन गरि कडा कार्बाही गर्न माग राखेका थिए

कुटीडाँडास्थित पाथीभरा मन्दिरमा बिगत वर्ष यता संकलित दान भेटी पाथीभरा संरक्षण संस्थाले अनियमितता गरेको आरोपलागेको हो

रोङ गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ जारी गरेर पाथीभरा विकास समिति गठन गरेसँगै २०५५ सालमाजिल्ला प्रशासन कार्यालय इलाममा दर्ता भएको पाथीभरा संरक्षण संस्थाले पालिकाको समितिसँग समानन्तर गतिविधि गरिने भन्दैचुनौति दिएको बिगत वर्ष यताको हिसाब समेत सार्वजनिक गर्न आनाकानी गरेको अध्यक्ष स्याङ्बोले जानकारी दिए

तर हामी छाड्दैनौं, किनकि सय १८ दिनमा पालिकाको समितिले पाथीभरा मन्दिरको भेटी दानबाट ७३ लाख आम्दानी बाँध्न सफलभएको यसरी हेर्दा स्थानीय सरकार राज्यलाई प्रत्येक वर्ष देखि अढाई करोड आम्दानी हुने देखिन्छ, यो समग्र रोङगाउँपालिकाको विकासको निम्ति ठूलो आर्थिक स्रोत हुन्छ‘, उनले भने

गाउँपालिकाले संरक्षण समितिबाट आर्थिक अनियमितता भएको ठहर सहित आवश्यक छानबिन गर्न पटक पटक जिल्ला प्रशासनकार्यालयलाई अनुरोध गर्दा अटेर गरेको भन्दै अध्यक्ष स्याङतानले स्थानीय सरकारप्रतिको प्रशासनको दृष्टिकोण सकारात्मकनभएको टिप्पणी गरे।

सर्वदलीय बैठकमा प्रहरी प्रशासनको समेत उपस्थितिमा हिसाब माग गर्दा पाथीभरा संरक्षण समितिको अध्यक्ष अटेर गर्छ, अनिजिल्ला प्रशासनले छानबिन गर्नुको साटो हामीलाई दुई पक्ष राखेर छलफल गराउने भन्दै निर्देशन दिन्छ स्थानीय सरकारलाई जिल्लाप्रशासनले निर्देशन दिन मिल्छ ? नेपालको संविधानले स्थानीय सरकारलाई चिन्छ कि जिल्ला प्रशासनलाई चिन्छ ? ‘, उनले प्रश्न गरे

गाउँपालिकाले विकास समिति मार्फत कार्य अघि बढाएपछि पाथीभरा संरक्षण संस्थाले  गत चैत १४ गते संस्थाको नगद तथा जिन्सीसामान बुझिदिन भन्दै गाउँपालिकालाई पत्र लेखेको थियो। तर, गाउँपालिकाले भने सबै हिसाब किताब लेखापरीक्षण गरेर मात्रै बुझ्नेअडान लिएपछि समिति अत्तालिएको अध्यक्ष स्याङ्बोले आरोप लगाए

उनले भने -‘२०७३ देखि नवीकरण नभएको संस्थालाई स्थानीय सरकारले नियुक्ति गरेको लेखापरीक्षक अस्वीकार गर्ने अधिकारहुँदैन अनियमितता नभए लेखापरीक्षण गराउन किन इनकार ?’

मन्दिराको सम्पूर्ण आम्दानी खर्च विवरण पाथिभरा संरक्षण संस्थाले बुझाउन नसक्दा समस्या उत्पन्न भएको रोङ गाउँपालिकाउपाध्यक्ष विष्णुमाया खवासको भनाइ

पालिकाले कुनै पनि शर्तमा वर्षको सम्पूर्ण हिसाब संस्थाबाट असुल उपर गरेरै छाड्ने उपाध्यक्ष खवासले जिकिर गरिन्

कार्यक्रममा रोङ गाउँपालिकास्थित राजनीतिक दलका प्रतिनिधि, इलाम झापाका सञ्चारकर्मीहरु सहभागी थिए

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानबिन समिति

यसैबीच रोङ गाउँपालिका वडा नम्बर मा रहेको पाथीभरा मन्दिरमा पाथीभरा संरक्षण संस्थाले पाँच वर्षमा गरेको आम्दानी खर्चबारे छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा सदस्यीय छानबिन समिति गठन गरेको

सो विषयमा पटक पटक सञ्चार माध्यमहरुमा सामाजिक सञ्जालबाट विभिन्न टिप्पणी हुन हालेपछि प्रशासनले कोइरालानेतृत्वको छानबिन समिति गठन गरेको हो

समितिलाई २५ दिनभित्र प्रतिवेदन पेश गर्ने टीओआर

भिडियो लिंक :  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु