adv

होटल व्यवसायीको रक्तदान, ५३ पिन्ट रगत संकलन

३१ जेठ, दमक

२० औँ विश्व रक्तदाता दिवसको अवसरमा बुधबार दमक होटल व्यबसायी संघले रक्तदान कार्यक्रम आयोजना गरि ५३ पिन्ट रगतसंकलन गरेको

नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको प्राबिधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम मार्फत ५३ पिन्ट रगत संकलन गरिएकोदमक होटल व्यबसायी संघ दमक क्षेत्रीय समिति अध्यक्ष योगराज दंगालले जानकारी दिए

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, दमक उद्योग बणिज्य संघका अध्यक्ष गोपाल गुरगाई ,  होटल महासंघकाप्रदेश का अध्यक्ष राजन दंगाल,जीवन चक्र समाजका अध्यक्ष,गणेश गौतम,क्लब हिमालयन टाइगरका उपाध्यक्ष जय बिमलीसामाजिक लेखक डा. लेखनाथ नेउपाने लगायत बिभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो

कार्यक्रम संयोजक योगराज दंगालले कार्यक्रम समापन गर्दै रक्तदाता अन्य सहयोगी संघसंस्था व्यक्तिलाई धन्यवाद दिए

कार्यक्रममा होटल व्यबसायी संघ कार्यसमिति सदस्यहरूको बाक्लो उपस्थित रहेको थियो भने कार्यक्रम सकिए लगतै कार्यक्रमस्थलमा सरसफाई गरिएको सचिव भुपेन्द्र न्यौपानेले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु