३२ जेठ, बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार सुद्धीकरणको लागि केन्द्रले तोकेर पठाएको मापदण्ड विपरित सिफारिस गरेको आरोपलगाउँदै प्रेस चौतारी नेपाल झापा शाखाले बिहीबार धर्ना दिएको छ ।
महासंघले मापदण्ड मिचेर सदस्यहरुको नाम सिफारिस गरेको आरोप लगाउँदै प्रेस चौतारी झापाले महासंघको बिर्तामोडस्थितकार्यालयमा धर्ना दिएको हो ।
‘हामीले महासंघले गरेको कार्यका विरुद्ध आन्दोलन सुरु गरेका छौ, यसको थालनी स्वरूप आज महासंघमा कालो झन्डा राखेर धर्नादिएका छौ । हामी महासंघले प्रदेश कमिटीलाई पठाएको नामका सन्दर्भमा छनवीन गर्न प्रदेश कमिटीले छनविन समिति बनाओसभन्ने चाहन्छौं ‘, चौतारी केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज सन्तोष आचार्यले भनेका छन् ।
पुर्वाग्रही ढंगले ,राजनीतिक आस्था भएकै कारण र गैर पत्रकारको समेत नाम सुद्धीकरणको मापदण्ड विपरित सिफारिस गरेकोमाचौतारीको आपत्ति रहेको झापा अध्यक्ष मनकुमार गदालको भनाइ छ ।
महासंघको केन्द्रीय समितिले पठाएको १५ बुदे मापदण्ड अक्षरश पालना हुनु पर्ने चौतारीको भनाइ छ ।
आफूहरुको मागको बेवास्था गरे चरणबद्ध आन्दोलन गर्ने र आन्दोलनको रूप जस्तो पनि हुन सक्ने चौतारीले चेतावनी दिएको छ ।


