१ असार, दमक ।
वर्षायाम सुरु भएको भन्दै अबको ३ महिनासम्म सडक खन्ने कार्यमा सरकारले प्रतिबन्ध लगाएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले आज अर्थात असार १ गतेदेखि भदौ मसान्तसम्म वर्षायाम सुरु भएको भन्दैसडक खन्न रोक लगाएको हो ।
अब बीचका ३ महिना धारा, ढल, बिजुली, टेलिफोन आदि कुनै पनि प्रयोजनका लागि सडक नपाइने संघीय सडक सुपरीवेक्षण तथाअनुगमन कार्यालयको भनाइ छ ।
वर्षायाममा सडक खन्दा तत्काल मर्मत सम्भार सम्भव नहुने र यातायात आवागमन र पैदल यात्रीलाई सकस हुने यथास्थितिमा ल्याउननसकिने भएकाले खन्न रोक लगाइएको कार्यालयले जनाएको छ ।
संघीय मातहतका सबै सडक डिभिजनहरू र ती अन्तर्गतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेमासार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने व्यहोराको सूचना जारी गरेको छ ।


