adv

छुम्माले जनगणनाको तथ्यांक नमान्ने, सत्यतथ्य सार्वजनिक गर्न माग

४ असार, दमक ।


किरात याक्खाु छुम्माले आफ्नो जातीय जनसंख्या घटाइदिएको भन्दै राष्ट्रिय जनगणनाको तथ्यांकमाथि प्रश्न उठाएको छ ।

छुम्माका केन्द्रीय अध्यक्ष भूपालसिंह जिमीले जारी गरेको विज्ञप्तिमा जनगणना तथ्यांकमा याक्खा जातिको जनसंख्या बिगतको जनगणना भन्दा ३३ प्रतिशत भन्दा बढी घटेर आएको भन्दै प्रश्न उठाएको हो ।

२०६८ को जनगणनामा याक्खा जातिको जनसंख्या २६ हजार ३ सय ७५ रहेकोमा पछिल्लो जनगणना २०७८ मा १७ हजार ४ सय ६० मात्रै देखाइएको भन्दै छुम्माले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छु्म्माको भनाइ छ ।

‘१० वर्षमा घघ.८ प्रतिशतले याक्खा जातिको जनसंख्या घट्नुको पछाडिको कारण के हो ? यसको तथ्यपरक र प्रमाणित आधार उपलब्ध गराउन समेत हामी केन्द्रीय तथ्यांक विभाग र नेपाल सरकारसमक्ष यसै विज्ञप्तिमार्फत माग गर्दछौं, विज्ञप्तिमा उल्लेख छ ।

प्राकृतिक नियमको सिद्धान्तले पनि जनसंख्या बढ्नु पर्नेमा घटेर आएको भन्दै छुम्माले तथ्यांक विभागको लापरबाही स्वीकार्य नहुनेसमेत विज्ञप्तिमार्फत भनेको छ ।

संख्या घटाइनुको सत्य तथ्य सार्वजनिक नगरेसम्म जनगणना प्रतिवेदन बहिस्कार गर्ने छुम्माको भनाइ छ ।

नेपाल सरकारले २०७८ को मंसिरमा १२ औँ राष्ट्रिय जनगणना घोषणा गरेकोमा कोभिडका कारण तथ्यांक संकलनमा ढिलाइ भएको थियो भने गत बैशाखमा मात्रै पूर्ण प्रतिवेदन सार्वजनिक गरेको थियो ।

संखुवासभा र धनकुटा थातथलो भएका याक्खा समुदाय हाल प्रदेश १ का विभिन्न जिल्ला र काठमाडौं उपत्यका र भारतका विभिन्न राज्यलगायत तेस्रो मुलुकमा समेत बसोबास गर्छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु