adv

माङसेबुङ गाउँपालिकाले पाँचथर र ताप्लेजुङलाई सहयोग गर्ने

४ असार, माङसेबुङ ।

इलामको माङसेबुङ गाउँपालिकाले बाढी पहिरोको विपद् सामना गरिरहेका छिमेकी जिल्लाहरु पाँचथर र ताप्लेजुङको जिल्ला विपद् व्यवस्थापन समितिहरुलाई सहयोग उपलब्ध गराउने भएको छ ।

माङसेबुङ गाउँपालिकाले दुवै जिल्लास्थित विपद् व्यवस्थापन समितिहरुलाई जनही ५० हजारका दरले आर्थिक सहयोग गर्ने जनाएको हो ।

विपद् व्यवस्थापन प्रयोजनार्थ सहयोग गर्न लागिएको पालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले हस्ताक्षर गरेको विज्ञप्तिमा मनसुनी वर्षाका कारण छिमेकी जिल्लाहरुमा भएको मानवीय र भौतिक क्षतिको खबरले मर्माहत भएको जनाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु