adv

प्रदेश सरकारको वार्ता टोली र पहिचान पक्षधरबीचको वार्ता निष्कर्ष विहीन

सजन राई
४ असार, बिराटनगर ।

हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार र पहिचानको आधारमा पुनः प्रदेशको नामाङ्कन गर्नु पर्ने माग राख्दै आन्दोलनरत संघर्ष समितिबीच सोमबार बसेको पहिलो चरणको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।

पहिचान पक्षधर प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र कार्की नेतृत्वको कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन टुङ्गिएको हो ।

अर्को वार्ता तत्कालै गर्ने विषयमा भने दुवैपक्षबीच सहमति भएको बताइएको छ । प्रदेश राजधानी विराटनगरको विग होटलमा सोमबार बिहान ९ बजेदेखि सुरु भएको वार्ता दिउँसो १ बजेसम्म चलेको थियो ।

प्रदेश सरकारका तर्फबाट वार्ता टोली संयोजक तिलकुमार मेन्याङ्बोले भने –‘छिट्टै अर्को वार्ता गर्ने सहमति भएको कोशी प्रदेश सरकारको वार्ता टोलीका संयोजके बताए ।

सरकारी वार्ता टोलीका संयोजक मेन्याङ्बो प्रदेशको खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री हुन् । उनीसँगै सरकारी वार्ता टोलीमा प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता एवम् उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला सदस्य छन् ।

पहिचान पक्षधर समूहका वार्ता टोली सदस्य एवम् प्रदेश १ पुनः नामाङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुङ्वाले वार्ता बिना निष्कर्ष टुङ्गिएको बताए ।

वार्ता टोली सदस्यका रूपमा सहभागी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङ्देनले वार्ताका लागि सरकारी पक्षलाई विश्वासको वातावरण बनाउन आग्रह गरिएको जिकिर गरे ।

संघर्ष समितिको वार्ता टोलीका अन्यमा किरात याक्थुङ चुम्लुकका उपाध्यक्ष गोबिन्दबहादुर आङ्बुहाङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, जनता समाजवादी पार्टी, नेपाल (जसपा) किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, नेकपा एकीकृत समाजवादीका कृष्ण चोङ्बाङ र जनमुक्ति पार्टीका महासचिव पदम जबेगू रहेका छन् ।

प्रदेश नम्बर १ को नाम कार्की नेतृत्वको सरकारले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरुले संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका क्रममा पदमकुमार लिम्बू (लाजेहाङ) को प्रहरीको लाठी प्रहारबाट घाइते भई मृत्यु भइसकेको छ भने सरकारले उनलाई सहिद घोषणा गरेको छ ।

त्यस्तै आन्दोलनका क्रममा इलाम चुलाचुली १ का गजेन्द्र फागोको देब्रे घुँडामा गोली लागेर गम्भीर घाइँते भइ हाल राजधानीस्थित बी एण्ड बी अस्पतालमा उपचार गराइरहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु