सजन राई
७ असार, दमक ।
झापाको दमकमा अन्तर कलेज फूटसल प्रतियोगिता हुने भएको छ ।
‘शिक्षाको लागि स्वास्थ्य र स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ दमकमा सञ्चालनमा रहेका दुई वटा शैक्षिक कन्सलटेन्सीहरुले संयुक्त रूपमा फुटसल प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
बिहीबार दमकस्थित होटल सृजनाको सभाहलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिइएको हो ।
दमक ५ मा रहेको फूजिसान कन्सलटेन्सी र दमक ८ मा रहेको माउण्ट फूजी कन्सलटेन्सीले आयोजना गरेको फुटसल असार १६ गते सम्पन्न हुने छ ।
पत्रकार सम्मेलनमा फुजीसानका तर्फबाट प्रवीण सम्बाहाम्फे, विनोद मैनाली, विष्णु सम्बाहाम्फे र माउण्ट फुजीको तर्फबाट विनोद पौडेललगायत सहभागी थिए ।
झापा र मोरङका गरी विभिन्न १६ वटा कलेजले प्रतियोगितामा सहभागिता जनाउन लागेका प्रतियोगिताका विजेताले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजक समितिका सदस्य कविध्वज राईले बताए ।
दमक ५ स्थित विस्ट् फूटसलको खेल मैदानमा हुने सो अन्तरकलेज फुटसल प्रतियोगिता दमकमा पहिलो पटक हुन लागेको आयोजकले दावी गरेको छ ।


