adv

खानेपानी ट्यांकी निर्माण सम्पन्न

तारा केरुङ
७ असार, माङसेबुङ ।


इलामको माङसेबुङ ५ स्थित मगर टोलमा खानेपानी ट्यांकी निर्माण सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा बिनियोजन गरेको पाँच लाख बजेटबाट सो ट्यांकी निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर केरुङले जानकारी दिए ।

पानी ट्यांकी निर्माण भएसँगै केरुङ टोल, मगर टोललगायत आसपासका स्थानीयलाई खानेपानी सुविधा पुग्ने बताइएको छ ।

स्थानीय कुमारी मगरले भनिन् –‘पहिले खोनपानीको लागि आधा घण्टा परबाट बोकेर ल्याउनु पर्ने वाध्यता थियो । खोनपानी ट्यांकी बनेपछि घरमै पानी आएको छ । खुशी लागेको छ ।’

(केरुङ माङसेबुङ ५ मा हाल जारी ‘स्थानीय समाचार खोजी, लेखन र मल्टी मिडिया तालिम’मा सहभागी प्रशिक्षार्थी पत्रकार हुन् ।)

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु