adv

माङसेबुङ गाउँपालिकाले दियो श्रम स्वीकृति

१० असार, माङसेबुङ ।


माङसेबुङ गाउँपालिकाले पहिलो पटक श्रम स्वीकृति प्रदान गरेको छ ।

आइतबार माङसेबुङ गाउँपालिकाका निमित्त प्रमुख प्राशकीय अधिकृत बुद्धि खतिवडाले पहिलो पटक आइतबार टेकेन्द्र रानालाई स्वीकृति पत्र उपलब्ध गराएका हुन् ।

रानाले वैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार जान पालिकाबाटै पहिलो पटक श्रम स्वीकृति लिएका छन् । विदेश जानलाई आफ्नै पालिकाबाट श्रम स्वीकृति पाउँदा खुशी लागेको उनले बताए ।

यसअघि गत असार ५ गतेबाट पाँचथरको मिक्लाजुङ गाउँपालिकाले पनि श्रम स्वीकृति प्रदान गर्ने कार्य सुरु गरेको थियो ।

मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले पहिलो पटक सो पालिकाका भक्तबहादुर राईलाई श्रम स्वीकृतको प्रमाण–पत्र प्रदान गरि सेवा सुरु गरेका थिए ।

गत चैत १६ गतेको मन्त्री परिषद्को निर्णयबाट सरकारले स्थानीय सरकारको स्थानीय रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृति दिन निर्देशन दिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु