adv

जसपाको विधान प्रमाणीकरण गर्ने जिम्मा ६ सदस्यीय समितिलाई

१३ असार, काठमाडौं ।


जनता समाजवादी पार्टी, नेपाल (जसपा) को तीन दिने विधान अधिवेशनमा दिइएको सुझावहरु अध्ययन गरी त्यसलाई अन्तिम रूप दिन ६ सदस्यीय समिति बनाइएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विधानको मस्यौदा उपर आएका सुझावहरु समावेश गरेर अन्तिम रूप दिन समिति बनाइएको हो ।

समितिका सदस्यहरुमा जसपा केन्द्रीय कार्यकारिणी सदस्यहरु राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र नेता एवम् अधिवक्ता दीपेन्द्र झा छन् ।

अधिवेशनमा उठेका विषयवस्तुलाई विधानमा समावेश गर्ने/नगर्ने बारे यस समितिले अन्ति टुङ्गो लगाउने जिम्मेवारी पाएको छ ।

असार १० देखि १२ गतेसम्म चलेको विधान अधिवेशनमा मंगलबार अन्तिम दिन सहभागी प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरी विभानको मस्यौदामाथि बृहत् छलफल भएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

अधिवेशनमा पार्टीका अध्यक्ष एवम् मस्यौदा तयारी समितिका संयोजक यादवले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।

छलफलपछि समूहमध्येका एक–एक जना गरी १० जनाले विधानको मस्यौदा बारे समूहमा उठेका विषयहरु बुँदागत रूपमा प्रस्तुत गरेका थिए ।

प्रचार विभाग प्रमुख बस्नेतका अनुसार अधिकांश प्रतिनिधिले पहिचानसहितको राष्ट्रिय समिति खारेज गर्नुपर्ने मत प्रकट गरेका थिए भने कतिपयले संघीय परिषद् नचाहिने र उमेर हदलगायत विषय जोड जोड दिएका थिए ।

समितिले विधान अधिवेशनमा आएका सुझावहरु बारे बुधवारदेखि अध्ययन सुरु गर्ने बताइएको छ । समितिले विधानमा समावेश गर्ने र नगर्ने विषयवस्तु बारे अन्तिम निर्णय गर्ने छ ।

सोमबार तीन दिने विधान अधिवेशनको विधिवत समापन अध्यक्ष यादवले गरेका थिए ।

सो क्रममा उनले पहिचानको आन्दोलनको आवश्यकता र औचित्य रहिरहने भन्दै पहिचान र अधिकार प्राप्तिको अधिकारका लागि जसपाले जारी राखेको संघर्षलाई निरन्तरता दिने बताएका थिए ।

यसअघि असार १० गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको विधान अधिवेशनमा नौ सय जना बढी प्रतिनिधि पर्यवेक्षक सहभागी रहेका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु