adv

ग्रामीण पत्रकारिता र समचार लेखन तालिम समापन

सजन राई
१३ असार, दमक ।


ग्रामीण पत्रकारिता र समाचार लेखन बारे झापाका दमकमा सञ्चालित पाँच दिने आधारभूत पत्रकारिता तालिम बुधवार समापन भएको छ ।

माङसेबुङ गाउँपालिकाका कार्यपालिका सदस्य एवम् प्रवक्ता सुसन राईको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा होटल व्यावसायी संघ प्रदेश १ का अध्यक्ष राजन दंगाल, प्रशिक्षक विष्णु पोख्रेल, प्रेस चौतारीका झापा जिल्ला अध्यक्ष मनकुमार गदाल, पत्रकार महासंघ झापा सदस्य चिरञ्जीबी घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रशिक्षार्थीहरुको तर्फबाट रोनिशा राई र उदय नेम्बाङले तालिमको अनुभव सुनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिहरुबाट प्रशिक्षार्थीहरुलाई तालिममा सहभागिताको प्रमाण–पत्र वितरण गरिएको थियो । त्यस्तै होटल व्यावसायि संघ प्रदेश अध्यक्ष राजन दंगालले तालिममा सहभागी प्रशिक्षार्थीहरु मध्ये माङसेबुङको पर्यटन प्रवद्र्धनका लागि उत्कृष्ट समाचार लेख्ने दुई जनालाई प्रोत्साहन स्वरूप लेखनावृत्ति उपलब्ध गराउने घोषणा गरेका थिए ।

युवा लक्षित सो तालिममा अनुभवी रेडियोकर्मी अमरध्वज लामा, हरप्रहर न्यूजका सम्पादक कमन देवान, कान्तिपुर टेलिभिजनका झापा सम्वाददाता गणेशमान मुखिया, गोरखापत्रमा कार्यरत विष्णु पोखरेल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष भूमिका फियाक र नयाँ पत्रिका दैनिकका झापा सम्वाददाता चिरञ्जीबी घिमिरेले सहजीकरण गरेका थिए ।

दमकस्थित पत्रकार मञ्च दमक झापाको सभाहलमा सञ्चालित तालिममा माङसेबुङ गाउँपालिका भरिका २९ जना युवाहरुको सहभागिता रहेको थियो ।

नितेश राईको अध्यक्षता सम्पन्न समापन कार्यक्रमको सञ्चालन सजन राईले गरेका थिए ।

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र कम्युनिकेसन मिडिया प्रा.लि. इलामको आयोजनामा शनिबारबाट तालिम सुरु भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु