१४ असार, दमक ।

अध्ययनका लागि जापान गएका र उतै मृत्यु भएका नेपाली विद्यार्थी वचन लिम्बूको शव झापाको दमक ल्याइएको छ ।
अध्ययनको लागि तीन महिना अघि जापान पुगेका लिम्बूको शव बिहीबार बिहान दमक ल्याइएको हो । दमक ८ बस्दै आएका २० वर्षीय वचन लिम्बू दमककै एक कन्सलटेन्सीमार्फत अध्ययनको लागि जापान गएका थिए ।
गत असार ८ गते बिहान उनको लो प्रेसरका कारण जापानमै निधन भएपछि नेपाली दूतावासको सहयोगमा शव स्वदेश ल्याएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।
ताप्लेजुङको मेरिङदेन २ स्यायी घर भएका लिम्बू दमक ८ मा आफ्नै दिदी सुमित्रा लिम्बूको घरमा बसेर अध्ययन गर्दै आएका थिए ।
लिम्बूको बिहीबार नै कन्काई माई नदीका लिम्बू संस्कार अनुसार दाहसंस्कार गरिने बताइएको छ ।

