दमक । लायन्स क्लब अफ इन्टरनेसनल अन्तर्गत रहेको डिष्ट्रिक्ट ३२५ सि, नेपालले आफ्नो चौथो डिष्ट्रिक्ट क्याबिनेट मिटिङ तथा अवार्ड वितरण कार्यक्रम दमक स्थित कन्काई पार्टी प्यालेसमा गर्ने भएको छ ।
असार १५ गते २०८० (तदनुसार ३० जुन २०२३) को दिन बिहान ११ बजेबाट सुरु गरिने उक्त कार्यक्रमको प्रिसाइडिङ अफिसर यस वर्षका डिष्ट्रिक्ट गर्भनर लायन धिरज गुरुङले गर्ने कार्यक्रम रहेको छ ।
साथै लायन्स क्लब सँग जोडिएका विभिन्न सिनियर पदमा रहेका लायन्स लिडरहरुको पनि उपस्थिति रहने उक्त कार्यक्रमका प्रचारप्रसार संयोजक लायन साजन श्रेष्ठले बताए ।


