adv

शनिबार अन्तर कलेज फूटसल प्रतियोगिता हुँदै

सजन राई
१५ असार, दमक ।


झापाको दमकमा भोलि शनिवार अन्तर कलेज फूटसल प्रतियोगिता हुँदैछ ।

शुक्रबार आयोजकले एक दिने प्रतियोगिताको टाइसिट सार्वजनिक गर्दै खेलको सबै तयारी पूरा भएको जनाएको हो ।

दमक ५ स्थित फूजिसान कन्सलटेन्सी र दमक ८ को माउण्ट फूजी कन्सलटेन्सीको संयुक्त आयोजनामा शनिबार प्रतियोगिता हुने आयोजक सदस्य कविध्वज राईले जानकारी दिए ।

दमक ५ स्थित गोर्खाली टोलमा रहेको विस्ट फूटसलको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस दमक र कन्काई क्याम्पस विर्तामोडबीच हुनेछ ।

प्रतियोगितामा उर्लाबारी बहुमुखी क्याम्पस, मोडल कलेज दमक, पथरी बहुमुखी क्याम्पस र आयोजकतर्फका २ वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु हरप्रहर न्यूज डटकमको अफिसियल फेसबुक पेजबाट लाइभ हुने छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु