adv

पत्रकार बेघालाई अग्रज पत्रकारिता सम्मान

१९ असार, दमक ।

प्रेस मञ्च नेपालका प्रदेश १ अध्यक्ष एवम् सेवारो पोष्ट डटकमका प्रधान सम्पादक फिपराज बेघालाई मुहार चित्र (पेन्टिङ तस्बिर)सहित अग्रज पत्रकारिता सम्मान प्रदान गरिएको छ ।

२३ वर्ष अघि पथरीबाट प्रकाशित हुने मोफसल साप्ताहिक पत्रिकाबाट पत्रकारिता थालेका बेघालाई सोमबार पथरी शनिश्चरे नगरपालिकाले अग्रज पत्रकारिता सम्मान २०८० प्रदान गरेको हो ।

एक समारोहका बीच उनलाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले सम्मान पत्र र पेन्टिङ तस्वीरसहित नगद राशी २५ हजार हस्तान्तरण गरेका हुन् ।

बेघा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ का पूर्व उपाध्यक्ष र वर्तमान सल्लाहकार पनि हुन् । यसअघि सो सम्मानबाट पथरी शनिश्चलेका अर्जुन जम्नेली राई र मोहन भट्टराई सम्मानति भइसकेका छन् ।

सोही अवसरमा उत्ति नै राशी नगदसहित सञ्चार माध्यम पुरस्कार २०८० बाट प्रदेश दैनिक अनलाईनलाई समेत पुरस्कृत गरिएको थियो । अनलाईनका सञ्चालक भीमराज अधिकारीले सो पुरस्कार ग्रहरण गरेका थिए ।

पथरी शनिश्चरे नगरपालिकाको आयोजना र लेखनवृत्ति, पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक एवम् नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा विभिन्न सञ्चार माध्यमहरूमा कृयाशील पत्रकारहरु क्रमशः छविराज ढकाल, केशवप्रसाद निरौला, भूमिप्रसाद पाठक, प्रेम केडी भट्टराई र ईश्वर दुलाललाई समेत नगद पाँच हजारका दरले लेखनवृत्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का पूर्व प्रदशे अध्यक्ष अर्जुन जम्नेली राई, फोनिज मोरङ अध्यक्ष दिनेश सुब्बा, पथरी शनिश्चरे नगरका प्रवक्ता नवीनजंग कार्की, सूचना संयोजक सन्तोष राई, कार्यपालिका सदस्य मिना कुमारी योञ्जन, लेखा शाखाका प्रमुख पिताम्बर वस्ती लगायतका उपस्थिति रहेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु