adv

हरप्रहरकर्मी फियाकसहित चार जना प्रतिभा सम्मानित हुने

२५ असार, दमक ।


हरप्रहर न्यूज डटकमकी सह–सम्पादक भूमिका फियाकसहित चार जना प्रतिभालाई भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले सम्मान गर्ने भएको छ ।

२१० औँ भानु जयन्तीको अवसरमा सञ्चारर्की फियाकसहित विभिन्न चार वटा विधाका प्रतिभाहरुलाई प्रतिष्ठानले पुरस्कृतसहित सम्मान गर्ने भएको हो ।

प्रतिष्ठानले दिएको जानकारी अनुसा र फोनिज झापाकी अध्यक्ष समेत रहेकी फियाकलाई सञ्चार क्षेत्रमा कलम चलाउने प्रतिभाका रूपमा पुरस्कृत र सम्मान गर्न लागिएको हो ।

त्यस्तै, भानु प्रतिभा पुरस्कारबाट खेलकुद क्षेत्रमा अब्बल मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई पुरस्कार र सम्मान प्रदान गरिने भएको हो ।

प्रतिष्ठान अन्तरगत रहेको हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्य तर्फकी साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई र कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रबर्धनतर्फ पञ्चेबाल तथा संगीनी नाचमा संस्थाका रूपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर–६ लाई पुरस्कृतसहित सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिएका छन् ।

भानु प्रतिभा पुरस्कारबाट सम्मानित हुन लागेकी क्षेत्रीलाई नगद २१ हजारसहित र अन्य तीन जना प्रतिभाहरुलाई जनही ११ हजार नगदसहित सम्मान गरिने प्रतिष्ठानले जनाएको हो ।

यहि असार २९ गते भानु जयन्तीको अवसरमा काँकरभिट्टा क्याम्पसको सभाहलमा कवि गोष्ठी कार्यक्रमसहित पुरस्कार वितरण गरिने आयोजकको भनाइ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु