निजी क्षेत्रको सबैभन्दा ठूलो ईन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले पाँचथर प्रहरीलाई सचेतनामूलक प्रचार सामग्री हस्तान्तरण गरेको छ ।
वर्ल्ड लिंकले मंगलबार पाँचथर नै पुगेर प्रहरीलाई ती सामग्री हस्तान्तरण गरेको हो ।
लागू औषधविरुद्ध सचेतना, साइबर अपराध, सामाजिक अपराध जस्ता विषयमा सचेतना अभिवृद्धि गर्ने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय पाँचथरलाई पाँच हजारप्रति जानकारीमूलक पर्चाहरू उपलब्ध गराईएको वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडकाअधिकृत राजन तिम्सिनाले जानकारी दिए ।
विभिन्न जानकारी समावेश भएको जनचेतनामूलक पोस्टर र ब्रोसरहरु उपलब्ध गराईएको वर्ल्ड लिंक दमक प्रमुख समेत रहेका तिम्सिनाको भनाइ छ ।
समुदायमा रहेको विकृति विसंगती र समस्या सामधानका लागि राज्यका निकायहरुसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको सन्देश दिन ती सामग्री उपलव्ध गराइएको वर्ल्ड लिंकले जनाएको हो ।


