adv

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

     फाइल फोटो

२७ असार,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बुधबार बिहान नर्भिक अस्पतालमा ८ः ३३ बजे निधन भएको हो ।

सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्थामा थिइन् । पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट उनी लामो समयदेखि पीडित थिइन् ।

उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु