adv

भानु जयन्तिमा चार जना प्रतिभा सम्मानित

२९ असार, दमक

झापाको काँकडभिट्टास्थित भानु साहित्यिक प्रतिष्ठानले यसवर्षको भानु प्रतिभा पुरस्कार मेचीनगरका विभिन्न विधाका चारजना प्रतिभालाई प्रदान गरेको

शुक्रबार काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न कार्यक्रममा खेलकुद, सञ्चार,साहित्य कलातर्फ चार जना प्रतिभा सम्मानितभएका हुन्

खेलकुद क्षेत्रमा अब्बल मेचीनगर निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले खेलकुदको माध्यमबाट झापा र सिङ्गो नेपालकै नाम अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको भन्दै खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर सहित नगद २१ हजार राशीको भानु प्रतिभा सम्मान प्रदान गरिएको थियो

त्यस्तै लामो समयबाट सञ्चार क्षेत्रमा कृयाशील सञ्चारकर्मी भूमिका लिम्बू फियाकलाई सञ्चार क्षेत्रमार्फत समाज परिवर्तनमाभूमिका खेलेको भन्दै भानु प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो हरप्रहर न्यूजसँग सम्बद्ध लिम्बूलाई नगद ११ हजार पुरस्कार सम्मान पत्र प्रदान गरिएको थियो

प्रतिष्ठान अन्तरगत रहेको हेमराजमेदनी खरेल पुरस्कारबाट साहित्य तर्फकी साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई कृष्णपवित्राउप्रेती प्रतिष्ठान पुरस्कारबाट कला संस्कृतिको  प्रवर्धनका लागि पञ्चेबाजा तथा संगीनी नाचमा संस्थागत ज्येष्ठ नागरिक वडासमिति मेचीनगर६लाई पुरस्कृतसहित सम्मान गरीयो दुवै पुरस्कार जनही ११ हजार रूपैँया सम्मान पत्र रहेको थियो

सम्मानित एवम् पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डिल्लीराज नेपाल, विशिष्ट अतिथि मेचीनगरनगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलगयातले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए

प्रतिष्ठानले २१०औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा काँकरभिट्टास्थित भानुभक्तको पूर्णकदको शालिकमामाल्यार्पणपछि आयोजित कार्यक्रमको उद्घाटन रामायण वाचन गरेर गरिएको थियो

प्रतिष्ठानका कार्यावाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल, विशिष्टहरु अतिथिउप्रेती, संविधानसभा सदस्य रविन कोइरालालगायतले बोलेका थिए

महासचिव सुशील आचार्यले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलले स्वागत गरेका  थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु