adv

बजेट खर्च १४ खब नाघ्यो, आइतबार सरकारी कारोबार बन्द

३१ असार, दमक ।


आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारको बजेट खर्च १४ खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ । शनिबार मात्रै सरकारी दायित्वमा देखिएको नौ अर्ब ७८ करोड ११ लाख रूपैयाँ भुक्तानी गरिएको छ ।

आ. व. २०७९/८० को अन्तिम दिन आज आइतबारलाई भने रकम भुक्तिानी नगर्ने सरकारको निर्णय छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार संघीय सरकारलाई अत्यावश्यक, रकमान्तर र स्रोतान्तर गरेको खर्च भुक्तानी गर्न सुविधा शनिबारसम्म उपलब्ध भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

‘नियमावलीले गरेको व्यवस्था अनुसार आर्थिक वर्षको अन्तिम दिन कुनै पनि प्रकारको भुक्तानी हुनेछैन’, सहमहालेखा नियन्त्रक शम्भु मरासिनीले भने ।

प्रदेश सरकारहरु र स्थानीय तहको बैंक खाता असार २४ गतेदेखि नै रोकिएको थियो ।

अर्थ मन्त्रालयका अनुसार गत आ. व. को तुलनामा सरकारको बजेट खर्च एक खर्ब २८ अर्ब रूपैयाँ अर्थात १० प्रतिशतले बढी हो । चालु आ. व. मा १७ खर्ब ९३ अर्ब बजेट खर्च गर्ने लक्ष्य राखेको सरकारले ७९ प्रतिशत बजेट खर्च गरेको अर्थको तथ्यांक छ ।

सरकारले चालु खर्च ८५ प्रतिशत खर्च गरेको छ । ११ खर्ब ८३ अर्ब अनुमानित चालु खर्च तोकिएकोमा १० खर्ब छ अर्ब रूपैयाँ खर्च भएको हो ।

पुँजीगत खर्चतर्फ भने विनियोजित रकमको ६१ प्रतिशत मात्रै खर्च भएको छ । तीन खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा पुँजीगततर्फ दुई खर्ब ३२ अर्ब रूपैयाँ मात्रै खर्च भएको हो । यद्यपि यो खर्च गत वर्षको तुलनामा १६ अर्ब रूपैयाँले बढेको हो ।

सरकारले गरेको जम्मा खर्चमध्ये असार महिनामा मात्रै १७ प्रतिशत खर्च गरेको छ । पुँजीगत खर्चमध्ये असार महिनामा मात्रै ३४ प्रतिशत सरकारी खर्च भएको हो ।

बजेट सक्ने नाउँमा आर्थिक वर्षको अन्तिममा हत्तारोमा खर्च गर्ने परिपाटी गलत भएको र यस किसिमको खर्च गराईले परिणाम नदिने भन्दै आम नागरिकहरुबाट विरोध हुँदै आए पनि सबै भन्दा बढी सरकारी बजेट असार महिनामै खर्च हुने गरेको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु