adv

दमक इसाइ समाजले रक्तदान र फुटसल आयोजना गर्ने

१५ साउन, दमक ।


दमक नगर इसाई समाजले आफ्नो २८ औँं स्थापना दिवस तथा दोस्रो साधारण सभाको अवसर पारेर दमकमा खुला रक्तदान कार्यक्रम र फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आइतबार दमकस्थित टी–टाईम क्याफे दमक ६ मा आयोजना गरिएको पत्रकार भेटघाटमा कार्यक्रम बारे जानकारी दिइएको हो ।

दमक इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले दिएको जानकारी अनुसार समाजले आफ्नो २८ औँ वार्षिकोत्सव र दोस्रो साधारण सभाको अवसर पारेर रक्तदान र फुटसल प्रतियोगिता आयोजना गर्ने छ ।

साउन १७ गते बुधबार दमकको वर–पिपल चोकमो ४४ औँ खुला रक्तदान कार्यक्रम र साउन १८ र १९ गते दमक–५ गोर्खाली टोलस्थित बेष्टी फुटसल कोर्टमा प्रथम दमक इसाई समाज फुटसल प्रतियोगिता हुने छन् ।

फुटसल प्रतियोगिता सम्पन्न गर्न इसाई समाजका सहसचिव तथा युवा संगती दमक नगरका अध्यक्ष सुरज लिम्बूको संयोजकत्वमा समिति गठन भएको छ । प्रतियोगितामा अन्तर इसाई समाजका १६ वटा टिमले सहभागिता जनाउने बताइएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद २० हजार, उपबिजेता टिमले नगद १५ हजार र तेस्रो तथा सान्तवना पुरुस्कार नगद ५ हजारसहित मेडल र ट्रफी हात पार्ने छन् ।

सो प्रतियोगिताका लागि मुख्य प्रायोजक कर्नर स्टोन फाउन्डेसन दमक रहेको छ भने प्रतियोगिताको उपबिजेता टिमलाई हार्भेष्ट सामुदायिक सेवा नेपालले पुरस्कार प्रायोजन गर्ने भएको छ । सान्तवना पुरस्कारका लागि ग्रीन–वे एजुकेशनल एकेडेमी दमकले प्रायोजन गरेको बताइएको छ ।

पत्रकार भेटघाटमा दमक नगर इसाई समाजका सल्लाहकार तथा पूर्व अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका कोषाध्यक्ष एल्डर दिपेन्द्र नेम्बाङ, सहसचिव सुरज लिम्बू लगायतको उपस्थिति थियो । कार्यक्रममा समाजका सचिव पाष्टर अजय पाठकको सञ्चालन रहेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु