adv

बिआरसी बेलडाँगीलाई स्तब्ध पार्दै दमक ५ दुवै खेलमा विजयी

भोलिबाट क्वार्टरफाइनलका खेल सुरु

१४ साउन, दमक ।


झापाको दमकमा जारी ध्रुवतारा कप २०८० र भेट्रान कप २०८० को आइतबारका दुवै खेलमा दमक वडा नम्बर ५ ले जित निकाल्दै दोस्रो चरण प्रदेश गरेका छन् ।

दमक ९ स्थित उराव खेलमैदानमा जारी वडास्तरीय फुटबल प्रतियोगितामा भुटानी शरणार्थी शिविर (बिआरसी) बेलडाँगीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै दमक ५ प्रतियोगिताको अर्को चरण प्रदेश गरेको हो ।

जितका लागि दमक वडा नम्बर ५ का समिर लिम्बूले २ गोल गरे भने बिआरसी बेलडाँगीका खेलाडीले खेलको १२ आँै मिनेटमा १ गोल गरे अग्रता लिए पनि जितका लागि त्यो काफी रहेन ।

आइतबारको खेलमा दमक ५ का कप्तान बादल माझी मेन अफ दी म्याच घोषित भए ।

त्यस्तै भेट्रानतर्फ दमक ५ ले बिआरसी बेलडाँगीलाई ४–० को फराकिलो गोल अन्तरले पाखा लगाउँदै दोस्रो चरण प्रदेश गर्यो ।

बिआरसीको रक्षा पंक्तीका खेलाडीले आत्माघाती गोल गरेसँगै उसको हारको बाटो तय भएको थियो । खेल अवधिभर दमक ५ बिआरसी बेलडाँगीमाथि हावी भएको थियो ।

दमक ५ को जितका लागि कप्तान देउमान साम्रा (भाइचुङ) ले व्यक्तिगत २ गोल गरे । उनी खेलको मेन अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि सोमबारदेखि क्वार्टरफाइनलका खेलहरु सुरु हुने छन् ।

भोलिको पहिलो सेमिफाइनल खेल दमक वडा नम्बर २ र ७ बीच हुने आयोजक ध्रुवतारा स्पोटिङ क्लबका अध्यक्ष मोहन मगर (मिन)ले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु