adv

प्रथम नवज्योती फुटबल प्रतियोगितामा जलथल एफ.सीको विजयी सुरूवात

कविध्वज राई

६ असोज,झापा । झापाको बाह्रदशीमा सम्पन्न प्रथम नवज्योती ओपन नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जलथल एफ.सीले विजयी सुरूवात गरेको छ ।

किरात रङ्गशालामा आज भएको खेलमा युनाइटेड विटिएम एफ.सी.साई २–१ ले पराजित गर्दै जलथल एफ.सीले  विजयी सुरूवात गरेको हो ।

प्रतियोगितामा जलथलका कर्ण लिम्बू र सञ्जिब गिरीले १/१ गोल गरे भने विटिएमका असिम जंग कार्कीले आफ्नो टिमको लागि १ गोल फर्काउन सफल भए ।

उत्साहजनक रुपमा सञ्चालन भएको उद्घाटन खेल अगाडि आयोजकको तर्फबाट स्वागत नृत्य प्रस्तुत गरिएको थियो ।

प्रतियोगिताको म्यान अफ द म्याच जलथल एफ.सीका सन्जीव गिरी भए ।

नवज्योति खेलकुद समितिका संयोजक एल.वि.वनेम लिम्बूको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अथिति प्रदेश नं. १ का निर्वाचन क्षेत्र नं. ३ ख का सभासद छविलाल चुँडाल
रहेका थिए ।

“विविधतामा एकता, हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ सम्पन्न प्रतियोगिता बाह्रदशी किरात बस्तिमा २०६४ सालमा स्थापित नवज्योति युवा परिवारको मुख्य प्रायोजक रहेको र नवज्योति खेलकुद समितिले प्रतियोगिताको सम्पूर्ण आयोजनाको जिम्मा लिएको प्रतियोगिताको संयोजक समेत रहेका लिम्बूले जानकारी दिए ।

असोज ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रू ३० हजार,प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद रू २० हजार,प्रमाण पत्र र ट्रफी प्राप्त गर्नेछ ।

यसै गरी भोली हुने प्रतियोगितामा दमकका ब्रोदर्स एफसि र झापा एफसी राजगढ विच हुने प्रतियोगिताका प्रचारप्रसार प्रमुख अमृत ढिछाङ्छा वान्तावाले वताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु