सजन राई।

७ असोज,दमक । दमक नगरपालिका द्वारा सञ्चालित उर्जाशील महिला बचत समूहको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
शनिवार दमक-२ स्थित शहिद हरी नेपाल स्मृति भवनको सभाहलमा
सभा सम्पन्न भएको हो ।
कार्यक्रममा समूहका उपाध्यक्ष निलम गुराँगाई र कोषाध्यक्ष मनु साङपाङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
हालसम्म समूहको सेयर सदस्य सङ्ख्या ७८ जना रहेका छन् भने सेयर पुँजी रु एक सय रहेको छ । कूल श्रृणी सङ्ख्या ११ जना रहेको समूहको मासिक बचत रु एक सय रहेको समितिले जानकारी दिए ।
वडा नम्बर २ मा रहेका सम्पूर्ण महिलाहरुलाई सङ्गठित बनाई नियमित बचत गर्ने, विश्वसनीय कारोबार साथै महिलाहरुको क्षमता र व्यक्तित्व विकास गरी आत्मनिर्भर बनाउने समूहको उदेश्य रहेको कोषाध्यक्ष मनु साङपाङले जानकारी दिए । उनका अनुसार समूहले विभिन्न किसिमका सिप मुलक तालिम दिदै आइरहेको छ ।
समूहका अध्यक्ष कल्पना थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि दमक-२ का वडा अध्यक्ष प्रजापति सापकोटा रहेका थिए ।
कार्यक्रममा समिति सदस्य कुमारी घले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सेयर सदस्य सिर्जना तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मनु साङपाङको गरेकी थिइन् ।

