adv

त्रिवेणी एफसी अन्तिम चारमा

कविध्वज राई

१० असोज, झापा ।


झापाको बाह्रदशी रङ्गशालामा जारी प्रथम नवज्योति ओपन नकआउट फुटबल प्रतियोगितामा चारपाने एफसीलाई पाखा लगाउँदै त्रिवेणी एफसीले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ ।

पाँचौ दिन बुधबारको खेलमा चारपानेलाई ०–२ गोल अन्तरले पाखा लगाउँदै त्रिवेणी एफसीले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
बाह्रदशी ६ स्थित किरात रङ्गशालामा जारी प्रतियोगितामा त्रिवेणीका लागि जर्सी नम्बर १८ का रिकी श्रेष्ठ र ७ का श्याम मुर्मुले १-१ गोल गरेका थिए ।

खेलको म्यान अफ दी म्याच त्रिवेणी एफ।सी।का जर्सी नम्बर ७ का श्याम मुर्मु भए । उनले पुरस्कार वापत ट्रफी र नगद पाँच सय प्राप्त गरे । म्यान अफ द म्याचको सम्पूर्ण पुरस्कार राशिहरु अमेरिका निवासी भरत डी संग्रौलाले प्रायोजन गरेका बताइएको छ ।

जारी प्रतियोगितामा बिहिबार क्वाटर फाइनलको अन्तिम खेल सैनिक ११ एफसी र कटरडाँगी एफसीबीच हुने आयोजक संस्थाका प्रचार प्रसार प्रमुख अमृत ढिछाङ्छा बान्तावाले जानकारी दिएका छन् ।

असोज ६ गते सुरु भएको प्रतियोगता असोज १४ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगिताका विजेताले नगद ३० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद २० हजार, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु