१० असोज, दमक ।
दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २४ औं वार्षिक चुनावी साधारण सभाले अध्यक्षमा लक्षुदास (एलडी) राईलाई सर्वसम्मत चयन गरेको छ ।
सञ्चालक समितिको उपाध्यक्षमा कृष्णबहादुर गोले, सचिवमा दिपेन बाला राई, सह–सचिवमा फूलसरी रानामगर र कोषाध्यक्षमा टंक दुलाल चयन भएका छन् ।
त्यस्तै सदस्यमामा क्रमशः पारशमणि राई, यज्ञराज आङ्देम्बे, पदमबहादुर राई, हरीमाया कन्दङ्वा, राजेन्द्रकुमार राई र वासुदेव राई सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा सुरेन्द्र निङ्लेकु लिम्बू, ज्ञानदिप राई र यमुना भट्टराई चयन भएका छन् ।
दमक ५ स्थित रोयल पाटी प्यालेसमा संस्थाका अध्यक्ष धनराज राईको अध्यक्षता र ज्येष्ठ शेयर सदस्य बुद्धिबहादुर (बीबी) राईको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राईले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा लेखा समिति संयोजक मणिराज राईले लेखा समितिका तर्फबाट र प्रमुख कार्यकारी अधिकृत लिलाराज तुम्बापोले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा संस्थाका संस्थापक अध्यक्ष जितमान राई, उत्कृष्ण ऋणी गौरीमान फागो, टीकामाया राई, चिना लिम्बू, उत्कृष्ट कर्मचारी लेखापाल मातृका देवान, उत्कृष्ट वचत कर्ता बिजुलीप्रसाद तिम्सिना, टीकाराज देवान, प्रतिमा सिवालगायतलाई सम्मानित गरिएको थियो ।
त्यस्तै भूपू गोर्खा सैनिक र भारतीय गोर्खा सैनिक, भूपू नेपाल प्रहरी शेयर सदस्यहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
संस्थाका प्रमुख लीलाराज तुम्बापोले संस्थाले आर्थिक वर्ष २०७९/८० मा खुद नाफा ८८ लाख कमाएको जानकारी दिए । तर, वित्तीय स्थिति थप मजबुत पार्न लाभांश वितरण नगरिएको उनले जानकारी दिए । निक्षेप संकलन शेयर रकममा गत आ.व. भन्दा केही कम देखिए पनि समग्रमा संस्थाको आर्थिक अवस्था मजबुद भएर गएको भन्दै तुम्बोपोले ढुक्कले कारोबार गर्न आह्वान गरेका थिए ।
कोरोना र त्यसपछिको आर्थिक संकटले पनि संस्थाको कारोबारमा कुनै समस्या नपरेको जिकिर गर्दै संस्थाका पूर्व व्यवस्थापक कृष्णबहादुर गोलेले आगामी दिनमा थप सशक्त भएर अघि बढ्ने जानकारी दिए ।