सजन राई ॥ दमक । दोश्रो चात्या सा कप फुटबल प्रतियोगिताको मैत्रिपूर्ण खेलमा पत्रकार मञ्च दमकका पत्रकार-११ विजयी भएको छ ।
आज ( शुक्रवार) भएको खेलमा पत्रकार ११ ले दमक नगरपालिकालाई ३-१ गोल अन्तरले हराउदै सहज जित निकाल्दै विजयी भएको हो ।
दमक-३ स्थित प्रस्तावित अन्तर्राष्ट्रिय मदन भण्डारी रंगशालामा भएको खेलमा पहिलो हाफको १०औ मिनेटमा विरेन्द्र सुब्बाको गोलबाट अग्रता लिएको पत्रकार-११ ले इन्ज्युरि समयमा गोल खाए पछि पहिलो हाफ बराबरीमा सकिएको थियो ।
दमक नगरपालिकाका तर्फबाट स्ट्राइकरले पत्रकारका डिफेन्सलाई बिट गरेर सुन्दर गोल गरेका थिए ।
दोस्रो हाफमा भने पत्रकार-११ ले उत्कृष्ट खेल पस्कदै २ गोल गर्न सफल भयो । निर्धारित समयमा दमक नगरपालिकाको तर्फबाट कुनै पनि गोल फर्काउन नसक्दा खेल ३-१ गोल अन्तरमा सकियो ।
खेल पछि दमक पत्रकार मञ्चका अध्यक्ष तथा पत्रकार-११ का टिम कप्तान कमन देवानले भने “सहकार्य, एकता र असल प्रयत्न नै आजको जितको कडी हो । यो कडीलाई हामी सबैले कायम राखौं ।
त्यसै गरी उप-कप्तान चिरञ्जीवी घिमिरेले पहिला भन्दा खेल सुधारिएको र अझ मिहिनेत गरेर उत्कृष्ट टिम बनाउने योजनामा रहेको बताए ।
असोज ६ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल भोलि असोज १३ गते जेएसवाईसि सुन्दरहरैँचा र ब्रदर्श युनाईटेड उर्लाबारि बिच हुने आयोजक कमिटिले जानकारी दिए ।