adv

माङसेबुङले भूमिहीनका लगि निस्सा वितरण गर्दै

१३ असोज, माङसेबुङ ।

माङसेबुङ गाउँपालिकाले भूमिहिन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गर्ने भएको छ

माङसेबुङका वटै वडामा आगामी १६ असोजदेखि वडागत रूपमा निस्सा वितरण कार्य सुरु गर्न लागिएको पालिकाले जनाएको हो ।

माङसेबुङ गाउँपालिकामा हजार सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासीले लालपुर्जाको माग गर्दै निवेदन दिएका माङसेबुङ गाउँपालिकाकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए

यसरी निवेदन दिने मध्ये २४ जना भूमिहीन दलित, सय २८ जना भूमिहीन सुकुम्बासी हजार सय जना अव्यवस्थित बसोवासी रहेका पालिकाले जनाएको छ ।

पालिकाबाट जारी सूचना अनुसार वडा नम्बर मा १६ गते, मा १७ गते, मा १८ गते, मा १९ गते, मा २५ गते मा २६ गते निस्सा वितरणको तयारी

सम्बन्धित व्यक्तिले आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित व्यक्ति नभएमा एका घरको नाता खुल्ने कुनै व्यक्तिले सम्बन्धित वडा कार्यालयको सिफारिसमा आफ्नो परिचयपत्रसहित उपस्थित भई निस्सा बुझिलिन पालिकाले अनुरोध गरेको छ ।

लालपुर्जा वितरण प्रकृयालाई सहज बनाउन निस्सा वितरण गर्न लागिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा जग्गा नापजाँजको काम सुरु गर्ने तयारी छ’, अध्यक्ष राईले भने ।

नापजाँचको कार्य सकेर जग्गा धनीपूर्जा वितरणका लागि आवश्यक प्रकृया पूरा गर्न समय लाग्ने पलिकाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु