१५ असोज, हङकङ ।
किरात याक्खा छुम्मा हङकङको अध्यक्षमा टोपबहादुर याक्खा (टिबी) चयन भएका छन् ।
छुम्मा हङकङको जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आइतबार सम्पन्न तेस्रो अधिवेशनले याक्खाको अध्यक्षतमा ११ सदस्यीय समिति चयन गरेको हो ।
नवनिर्वाचित समितिका उपाध्यक्षमा सैलेन्द्र देवान, सचिवमा विज्ञान याक्खा, सह–सचिवमा कुमारी याक्खा, कोषाध्यक्षमा खेमाहाङजिमी र सदस्यहरु क्रमश: देव कुमार याक्खा, चन्द्र याक्खा, अमृता याक्खा, अजय याक्खा र पूर्णजित याक्खा रहेका छन् ।
प्रवास हङकङमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतीको जगेर्ना गर्नुका साथै एक आपसमा साह्रो गाह्रो पर्दा सहयोग लिन दिनसजिलो होस् भन्ने हेतुले किरातहरुकै सबै भन्दा कान्छो संस्थाको रूपमा २०१३ मा स्थापित याक्खा छुम्मा हङकङका संस्थापकअध्यक्ष पूर्ण प्रसाद देवानले छुम्मालाई १० वर्ष (२०१३–२०२३) सम्म कुशल नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
छुम्माका सल्लाहकार किसन देवानको अध्यक्षतामा गठित निर्वाचन ।मण्डलले सर्वसम्मत नयाँ नेतृत्व चयन भएको जनाएको छ ।
समितिका सल्लाहकारहरुमा क्रमश: पूर्ण प्रसाद देवान, किसन देवान, सुशिल देवान, महेन्द्र विक्रम देवान, सुमन सोम्याहाङ लावती, लिला देवान राई, जित नारायण याक्खा र गंगा प्रसाद याक्खा चयन भएका बताइएको छ ।


