adv

पाराबारी भेट्रान कप-तुर्केनिको जित सँगै सेमिफाइनल समिकरण पुरा

दर्शन राई । २७ असोज,धरमपुर ॥ झापाको धरमपुरमा जारि प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप २०८० मा तुर्केनि भेट्रान क्लबको जित सँगै सेमिफाईनल खेल्ने टिमको छिनोफानो भएको छ ।

पाराबारी स्थित भानु माध्यमिक विधालयको खेल मैदानमा सञ्चालित प्रतियोगितामा आयोजक ‘बी’ निलो पाराबारी भेट्रानलाई ३-१ गोल अन्तरको जित निकाल्दै तुर्केनि भेट्रान क्लब सेमिफाइनलमा पुगेको हो ।

पहिलो हाफमै अग्रता लिएको निलो पाराबारीले दोस्रो हाफमा ३ गोल खान पुग्यो । खेल सुरु भएको ९औँ मिनेटमा पाराबारीका पवन राईले डिबक्स बाहिरबाट हानेको सट गोलमा परिणत हुँदा सुरुवातमै अग्रता लिन सफल भयो । दोस्रो हाफमा तुर्केनि खेलमा फर्कियो । दोस्रो हाफको दोस्रो मिनेटमा नै सन्तोष बस्नेतले गोल गर्दै खेल बराबरी बनाए । सुधारिएको खेल पस्किएको तुर्केनिले राम कुमार लिम्बुको गोलमा सातौँ मिनेटमा अग्रता दोब्बर बनाए । इन्जुरी समयको अन्तिम मिनेटमा विशाल राईको गोल सँगै तुर्केनिले सहज जित निकाल्न सफल भयो । खेलको म्यान अफ द म्याच तुर्केनिका सन्तोष बस्नेत घोषित भए ।

यो जित सँगै सम्पूर्ण सेमिफाइनल समिकरण पुरा भएको छ ।
असोज २८ गते पहिलो सेमिफाइनल भद्रपुर भेट्रान क्लब र उर्लाबारी भेट्रान क्लब बिच हुने छ भने दोस्रो सेमिफाइनल खेल असोज २९ गते विर्तामोड भेट्रान क्लब र तुर्केनि भेट्रान क्लब बिच हुनेछ ।

प्रतियोगितामा झापाका ७ र मोरङका आमन्त्रित १ टिम गरि जम्मा ८ टिम रहेका छन । जस्मा रातो पाराबारी भेट्रान, भद्रपुर भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, कनकाई भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, दमक भेट्रान क्लब, तुर्केनी स्पोर्ट क्लब र निलो पारबारी भेट्रान क्लबको सहभागिता रहेको छ  ।

प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन भने उपविजेताले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन्  ।

त्यसैगरि म्यानअफ द म्याच, हाइस्कोर, उत्कृष्ट खेलाडी, गोल किपर, उत्कृष्ट डिफेन्स लगायत व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने छ । प्रतियोगितामा शिबसताक्षी नगरपालिका र शिवसताक्षी- ३ प्रायोजक रहेका छन् ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगिता असोज ३० सम्म सञ्चालन हुनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु