adv

भोजपुर दोस्रो रोयल महिला फुटबलको दोस्रो चरणमा

सजन राई

२९ असोज, दमक । झापाको दमकमा सुरु भएको दोस्रो रोयल महिला फुटबल प्रतियोगिता २०८० प्रदेश आमन्त्रण नकआउट फुटबलको दोस्रो दिनको खेलमा भोजपुर नगरपालिकाले बसाह फुटबल क्लब उदयपुर माथि जित हासिल गर्दै दोस्रो चरण प्रवेश गरेको छ ।

दमक-२ स्थित हिमालय माध्यमिक विधालयको खेल मैदानमा सञ्चालित प्रतियोगिताको दोस्रो दिनको खेलमा भोजपुरले २-० को जित हासिल गरेको हो ।

खेलको पहिलो हाफको ६औँ मिनेटमा भोजपुरकि इमा राईले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । पहिलो हाफमा १ गोलको अग्रता लिएको भोजपुरले दोस्रो हाफको २५औँ मिनेटमा अग्रता दोब्बर बनायो । ३ जना डिफेन्सलाई बिट गरेर डिबक्स नजिकबाट व्यक्तिगत तथा टिमको लागि दोस्रो गोल गर्दै टिमको लागि सहज जित दर्ता गरिन् । खेलको प्लेयर अफ द म्याच भोजपुरकि इमा राई घोषित भइन् ।

रोयल स्पोर्टिङ क्लब दमकको आयोजना रहेको “मेरो गोल महिला हिंसाविरुद्ध बोल” भन्ने नाराका साथ आइतबारदेखि कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउने खेल संयोजक राजु खड्काले जानकारी दिए ।

प्रतियोगितामा नवबुद्ध फुटबल क्लब सप्तरी, सिएफसी काठमाडौं, धरान महिला फुटबल क्लब सुनसरी, टसी ब्वाइज क्लब मोरङ, भोजपुर नगरपालिका, बिवाइसी इलाम, बसाह फुटबल क्लब उदयपुर र आयोजकले सहभागिता जनाउने छन् ।

प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउने आयोजक रोयल स्पोटिङ क्लबका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए ।

तेस्रो दिनको खेल धरान महिला फुटबल क्लब सुनसरी र टसी ब्वाइज क्लब मोरङ बिच हुने आयोजक कमिटिका आकाश लावतिले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु