adv

दोस्रो रोयल महिला फुटबल प्रतियोगितामा धरानको सहज जित


सजन राई ।
३० असोज, दमक । झापाको दमकमा सुरु भएको दोस्रो रोयल महिला फुटबल प्रतियोगिता २०८० प्रदेश आमन्त्रण नकआउट फुटबलको तेस्रो दिनको खेलमा धरान महिला फुटबल क्लब सुनसरीले टसी ब्वाइज क्लब मोरङलाई हराउदै अर्को चरण प्रवेश गरेको छ । दमक-२ स्थित हिमालय माध्यमिक विधालयको खेल मैदानमा सञ्चालित प्रतियोगितामा धरानले ३-० को सहज जित हासिल गरेको हो ।

पहिलो हाफको १०औँ मिनेटमा धरानकि समिक्षा मगरले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। पहिलो गोल गरेको १ मिनट पछि भोजपुर अर्को गोल थप्यो र अग्रता दोब्बर बनायो । मोरङका डोफेन्सले हानेको बल अनमार्क रहेकि समिक्षा मगरले रोक्दै सहजै व्यक्तिगत र टिमकालागि दोस्रो गोल गरिन् ।

खेलको २७औँ मिनेटमा भोजपुरले पेनल्टि पायो । मोरङका डिफेन्सको हातमा बल लागेपछि धरानकि प्रतिक्षा राईले कुनै गल्ति नगरी गोल गरिन् । ३ गोलको अग्रता कायम गर्दै धरान दोस्रो चरणमा पुग्यो । दोस्रो हाफमा मोरङले सुधारिएको खेल प्रस्तुत गरे पनि गोल गर्न नसक्दा नतिजा सुम्पन बाध्य बन्यो ।

खेलको प्लेयर अफ द म्याच धरानकि २ गोल गरेकि समिक्षा मगर घोषित भइन् । सम्पूर्ण खेलको प्लेयर अफ द म्याचको पुरस्कार शान्त भाव सुधार केन्द्र दमक-६ ले सौजन्य गरेको आयोजक कमिटिले जानकारी दिए ।

रोयल स्पोर्टिङ क्लब दमकको आयोजना रहेको
‘मेरो गोल महिला हिंसाविरुद्ध बोल’ भन्ने नाराका साथ आइतबारदेखि कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाउने खेल संयोजक राजु खड्काले जानकारी दिए ।

प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमणपत्र पाउने आयोजक रोयल स्पोटिङ क्लबका अध्यक्ष जनार्दन मैनालीले जानकारी दिए ।

चौथो दिनको खेल आयोजक रोयल स्पोर्टिङ क्लब दमक झापा र बिवाइसी इलाम बिच हुने आयोजक कमिटिका सदस्य आकाश लावतिले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु