adv

किरात याक्थुङ चुम्लुङ अमेरिकाले विभिन्न कार्यक्रमका साथ वलिहाङ तङनाम मनाउँदै

काठमाडौं । किरात याक्थुङ चुम्लुङ अमेरिकाले वलिहाङ तङनाम २०८० भव्य रुपमा मनाउने भएको छ । शुभ दीपावली पर्वलाई चुम्लुङ अमेरिकाले वलिहाङ तङनाम येले तङ्बे ५०८३ को रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम नोभेम्बर १० मा गुल्शन टेर्रेसमा हुने छ ।

कार्यक्रममा लारिङ्गे (देउसी भैलो) यालाङ (धान नाच) केलाङ (च्याब्रुङ नाच) प्रस्तुत हुने छ भने बालबालिकाहरुले लिम्बू भेषभूषा प्रदर्शनी गर्नुका लाथै डिजे प्रस्तुती पनि रहने किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिए ।

लिम्बू संस्कार संस्कृतिलाई जगेर्ना गर्दै भावि सन्ततीलाई पुस्तान्तरण गर्नका लागि चुम्लुङ अमेरिकाले संचालन गरेको विशेष अभियान अन्तरगत वलिहाङ तङनामलाई एउटा सांस्कृतिक उत्सवको रुपमा मनाउ तयारी गरिएको चुम्लुङ अमेरिकाका पूर्वउपाध्यक्ष तथा सल्लाहकार साथै चुम्लङ संस्कार संस्कृति संयोजक कुवेर वनेमले बताए ।

सांस्कृतिक कार्यक्रम अन्तरग गायिका लिला सिङ्घक, कलाकार सोनियो लिम्बू, गायिका शशीकला मोक्तान, रिन्जी डोल्मा, रेमोस भाइ, डिजे भतिज लगायतले आफ्नो प्रस्तुति राख्ने चुम्लुङ अमेरिकाले जनाएको छ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु