adv

माङसेबुङ १ मा चुम्लुङ हिम

१० कार्तिक, माङसेबुङ ।


इलामको माङसेबुङ १ मा किरात याक्थुङ चुम्लुङ वडा समितिको पहलमा चुम्लुङ हिम उद्घाटन भएको छ ।

माङसेबुङ १ को चुम्लुङ वडा समितिको पहलमा आर्थिक संकलन गरी डाँडागाउँमा निर्मित चुम्लुङ हिम (कार्यालय भवन) उद्घाटन गरिएको हो ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले च्याब्रुङ (केः) बजाएर चुम्लुङ हिम उद्घाटन गरेका थिए ।

सो अवसरमा चुम्लुङहिम परिसरमा निर्मित सिलाम साक्माको प्रतिमा समेत अनावरण गरिएको थियो । गाउँपालिका अध्यक्ष राई र किरात याक्थुङ चुम्लुङका लिम्बुवान प्रदेश समिति सल्लाहकार यामप्रसाद लिम्बूले संयुक्त रूपमा सिलाम साक्माको प्रतिमा अनावरण गरेका थिए ।

चुम्लुङ हिम निर्माण आर्थिक समितिका संयोजक मणीबिक्रम योङहाङले १ रोपनी ६ आना जग्गासहित ढुङ्गा र काठबाट निर्मित दुईतले भवन खरिद गरेर चुम्लुङ हिममा रूपान्तरण गरिएको जानकारी दिए । उनले भवन खरिदसँग सम्बन्धित ९ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

सो भवनका लागि माङसेबुङ गाउँपालिकाले ३ लाख सहयोग गरेको हो भने वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुबाट २ लाख २६ हजार आर्थिक संकलन भएको हो । अन्य रकम स्थानीय सहयोगदाताहरुबाट संकलन भएको बताइएको छ ।

कार्यक्रममा लिम्बू समुदायको केः (च्याब्रुङ), राई समुदायको साकेला र नेवाः समुदायका लाखे नाच प्रस्तुत गरिएको थियो भने याक्थुङ आइडल टप ५ की रिपना लिम्बूले पालम प्रस्तुत गरेकी थिइन् ।

सो अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान र फुटसल प्रतियोगितामा विजेता किरात याक्थुङ चुम्लुङका खेलडीहरुलाई समेत सम्मान गरिएको थियो ।

चुम्लुङ हिम परिसरमा फलामबाट निर्मित सिलाम साक्मा स्थानीय पूर्णसिंह योङहाङले आफ्नी स्वर्गीय पत्नी कृष्णकुमारी शेर्मा योङहाङको स्मृतिमा निर्माण गरी चुम्लुङलाई उपलब्ध गराएको हो ।

किरात याक्थुङ चुम्लुङ माङसेबुङ १ का अध्यक्ष गोविन्द योङहाङ (बसन्त) को अध्यक्षतामा भएको कार्यक्रममा सचिव रत्ना लवातीको सञ्चालन र स्वागत पदम आङदेम्बेले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु