१६ कार्तिक, दमक ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले दमक १० स्थित सेतुमारी कृषि तथा पशुहाट बजारको स्थलगत अवलोकन गरेका छन् । बिहीबार नगर प्रमुख थापासहितको टोलीले बजारको स्थलगत अनुगमन गरेका हुन् ।
स्थानीय सञ्चारकर्मी नगेन्द्रमणि न्यौपानेका अनुसार अवलोकनपछि थापाले विकास र भुगोलको हिसाबले पछाडि परेको नगरको तल्लो क्षेत्र सेतुमारीको दिगो विकासमा बजारले टेवा पुग्ने बताएका थिए ।
अवलोकनपछि थापाले बजार विकास र पशुहाट सञ्चालनका लागि नगरपालिकाबाट सहयोग गर्ने आश्वासन दिएको बताइएको छ ।
कार्तिक २ गते देखि हरेक हप्ताको बिहीबार साप्ताहिक रूपमा सेतुमारीमा कृषि तथा पशुहाट बजार पुनः सञ्चालमा आएको हो ।

