adv

माङसेबुङ १ र ५ मा निस्सा वितरण, भूमिहीन दलित छैनन्

१७ कार्तिक, माङसेबुङ ।


माङसेबुङ गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा चासभोगको निस्सा वितरण गर्ने कार्यलाई तिव्रता दिएको छ ।

बिहीबार र शुक्रबार पालिकाको टोलीले वडा नम्बर १ र ५ का वडा कार्यालयबाट निस्सा वितरण कार्य सम्पन्न गरेको हो ।

‘निस्सा वितरण कार्य नै जग्गा धनीपूर्जाका लागि पहिलो आधार भएकाले पनि यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्ने गरी हामीले पालिकाको तर्फबाट काम गरिरहेका छौं । राष्ट्रिय भूमि आयोगको पछिल्लो पटकको सूचनाका आधारमा थप आवेदन परेका छन् । त्यस बारेमा पनि आवश्यक प्रक्रिया अघि बढाउने योजना छ’, माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले भने ।

बिहीवार माङसेबुङ १ का १३ जना भूमिहीन सुकुमबासी र १ सय १७ जना अव्यवस्थित बसोबासीलाई गरी १ सय ३० जनालाई लगत प्रविष्टिका आधारमा जग्गाको निस्सा वितरण गरिएको थियो भने शुक्रबार वडा नम्बर ५ का ३६ भूमिहीन सुकुमबासी र ५ सय ५३ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको हो ।

माङसेबुङ १ र ५ मा भने भूमिहीन दलित संख्या नरहेको उपाध्यक्ष बिनोद नेम्बाङले जानकारी दिए । उनले तिहारपछि नै जिल्लास्थित राष्ट्रिय भूमि आयोजसँगको सहकार्यमा निस्सा अनुसारका जग्गा नापजाप कार्य सुरु गरिने बताए ।

माङसेबुङ ५ किारत धर्मावलम्बीहरुको आस्थाको केन्द्र भएको र यहाँ किरात धर्मगुरु आत्मनन्द लिङ्देनको आश्रमसहित विभिन्न धार्मिक संघसंस्था रहेकाले जनघनत्व बढी हुने वडा अध्यक्ष नरेन्द्र राईको भनाइ छ ।

अव्यवस्थित बसोबासीको संख्या माङसेबुङ ५ मा पालिकाकै अन्य वडा भन्दा बढी रहेको छ ।

यसअघि वडा नम्बर ६ र ३ मा निस्सा वितरणको काम सकिएको थियो भने त्यसपछि वर्षाका कारण स्थगित सो कार्यक्रम गत बुधबार माङसेबुङ २ वडा कार्यालयबाट पुनः थालिएको माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसन राईले बताए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु