adv

किरात धर्मगुरु लिङ्देनको जन्मोत्सवमा स्थानीय विदा दिइँदै

१६ मंसिर, दमक ।


किरात धर्मका वर्तमान धर्मगुरु आत्मानन्द लिङ्देनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक विदा दिने भएको छ ।

वर्तमान किरात धर्मगुरु लिङ्देनको ७० औँ जन्मोत्सवमा मंसिर १८ गते सोमबारका दिन स्थानीय विदा घोषणा गरिएको हो ।

गाउँपालिकाभित्रका शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी र गैरसरकारी संस्थहरु र बैंक तथा वित्तीय क्षेत्रमा सार्वजनिक विदा दिने निर्णय भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचनामा उल्लेख छ ।

अघिल्लो वर्षहरुमा समेत स्थानीय सरकार गठन भए यता गुरु लिङ्देनको जन्मोत्सवमा सार्वजनिक बिदा हुँदै आएको पालिका स्रेतले जानकारी दिएको छ ।

माङसेबुङ गाउँपालिका किरात धर्मावलम्बीहरुको बाहुल्यता रहेको पालिका मात्रै नभएर वर्तमान गुरु आत्मनन्द लिङ्देनको जन्मस्थल र गुरु निजी आश्रमसमेत रहेको पालिका हो । माङसेबुङ ५ को गुरुआश्रमलगायत क्षेत्रलाई धुम्रपान, मध्यपान, मासुमंस र जुवातास निधेषित गरि शुद्ध साकाहारी क्षेत्रका रूपमा कायम गरिएको छ ।

माङ्सेबुङ विश्वभरका किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र र महत्त्वपूर्ण तीर्थाटनको रूपमा विकास भइरहेको पालिका पनि हो । गुरु लिङ्देनको जन्मोत्सवमा माङसेबुङलगायत देश विदेशका विभिन्न स्थानहरुमा किरात धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले धार्मिकलगायत अन्य कार्यक्रमहरु गरेर मनाइन्छ ।

को हुन् गुरु आत्मानन्द लिङ्देन ?

वि.सं. २०११ मंसिर १८ गते शुक्रबारका दिन गुरु लिङ्देनको जन्म साबिक इभाङ ५ हालको माङसेबुङ ५ अगौटेमा पिता पुण्यप्रसाद र माता चन्द्रमायाको ज्येष्ठ सुपुत्रका रूपमा भएको हो ।

इलामको माई फुल्लुङ्गीमा २०२७ साउन २५ देखि माघ २५ गतेसम्म पाँच जना चेलाका साथ बालगुरुका रूपमा गुफा साधना गरी सिद्धी प्राप्त गरेका वर्तमान गुरु लिङ्देनले २०४९ माघ ३ र ४ गते नेपाल र विश्व राजनीति, चराचर जगत बारे लामो भविष्यवाणी गरेका थिए । सो भविष्यवाणीलाई निक्कै महत्वका साथ हेरिएको छ ।

उनलाई महागुरु फाल्गुनन्दको दोस्रो अवतारका रूपमा लिइन्छ भने लिङ्देनले आफू फाल्गुनन्दकै अवतारका रूपमा किरात मुन्धुमका अधुरा काम पूरा गर्न मानव चोलामा यस धर्तीमा आएको बताउने गरेका छन् ।

२०३२ माघ २२ गते वतर्मान किरात धर्म गुरुआमा पवित्राहाङ्मा साँवासँग विवाह बन्धनमा बाँधिएका लिङ्देनको ६ पुत्र र ६ पुत्री गरी १२ सन्तान छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु