adv

झापा लिग : मेचीनगर र भद्रपुर नकआउट चरण प्रवेश

१६ मंसिर, भद्रपुर ।


मेचीनगर र भद्रपुर नगरपालिका झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रदेश गरेका छन् ।

शनिबारको खेलमा कचनकवललाई हराउँदै मेचीनगर नगरपालिका समूह विजेताका रूपमा नकआउट चरण प्रवेश गरेको हो । तीन खेलमा लगातार जित निकालेको उसले ९ अंकसहित समूह ‘ग’ को विजेता बन्दै अघिल्लो चरणमा उक्लियो भने मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ ।

लिग चरणका सबै तीन खेल जित्ने मेचीनगर एक मात्र टोली बनेको छ । खेलको छैटौँ र १६ औँ मिनेटमा मेचीनगरका निरज कार्कीले गोल गरे भने ६१ औँ मिनेटमा सन्देश खवासले थप एक गोल गरेर टिमको अग्रता फराकिलो पारेका थिए । खेलको प्लेयर अफ दी म्याच .भद्रपुरका कार्कीले नगद दुई हजार र ट्रफी पाए ।

यसैबीच, प्रतियोगिताअन्तर्गत शनिबारको अर्को खेलमा भद्रपुर नगरपालिका विजयी भयो । जितसँगै समूह ‘ग’ को उपविजेताका रूपमा भद्रपुरले पनि नकआउट चरणमा प्रवेश पाएको हो ।

भद्रपुरले बाह्रदशीलाई २–० गोल अन्तरले हराएको हो । खेलको ३२ औँ मिनेटमा भद्रपुरका उदेश कामतीले गोल गरे भने ५६ औँ मिनेटमा निवाङ लिम्बूले गोल अग्रता दोब्बर पारेका थिए ।

खेलको प्लेयर अफ दी म्याच भएका भद्रपुरका कामतीले नगद दुई हजार र ट्रफी पाए । शनिबार हारेसँगै बाह्रदशीले पनि लिग चरणबाट बिदा पाएको छ ।

जारी प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रत्येक खेलको प्लेयर अफ दी म्याचले नगद दुई हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद पाँच हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु