adv

तारादेवी र रसिकलाई नारायण गोपाल स्मृति सम्मान दिइने

१७ मंसिर, काठमाडौं ।


यस वर्षको ‘नारायणगोपाल स्मृति सम्मान’ बाट ‘स्वरकिन्नरी’ तारादेवी (मरणोप्रान्त) र वाङ्मयसेवी गणेश रसिक सम्मानित हुने भएका छन् ।

नारायणगोपाल सङ्गीत कोषले स्वर्गीय तारादेवी र रसिकलाई सो सम्मानबाट विभूषित गर्ने निाण्ैय गरेको हो ।

कोषका अध्यक्ष उषा शेरचनले दिएको जानकारी अनुसार तारादेवीलाई करिब पाँच दशक गीतसङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीतसङ्गीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भएबापत सो सम्मान दिने निर्णय भएको हो ।

गायिका तथा सङ्गीतकार तारादेवीको जन्म २००२ माघ २ गते र निधन २०६२ माघ ९ मा भएको थियो । रेडियो नेपालमा करिब चार दशक सेवा गरेकी उनले ‘राष्ट्रिय, आधुनिक र लोकगीत गरी करिब ३५ सय गीतमा स्वर दिएकी छन् भने केही गीतमा उनले संगीत पनि भरेकी छिन् ।

२० को दशकमा लेकाली समूहबाट गायनमा उदाएका रसिक नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा स्थापित छन् । उनले थुप्रै विधामा पुस्तक लेखेका छन् भने उनका रातो भाले, आँगनीमा देउ न मलाई बासलगायत दर्जनौं चर्चित गीत संगीत छन् ।

दुवै स्रष्टालाई मंसिर १९ गते स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवसका दिन सम्मान प्रदान गरिने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु